मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ अभियान अन्तर्गत यस आर्थिक वर्ष देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। बैंकले आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई लक्षित गरी यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको जनाएको छ। आर्थिक अभावका कारण अध्ययन निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले यो अभियान अघि बढाइएको हो। छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले यस सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको प्रतिक्रिया दिएका छन् भने अभिभावकहरूले पनि बैंकको सहयोगले आफ्ना छोराछोरीको भविष्यप्रति भरोसा बढेको बताएका छन्। बैंकले शिक्षा समृद्ध समाज निर्माणको आधार भएकाले यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Online Arthik










