हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय नयाँरोड, सर्लाहीले बीमा दाबी रकम भुक्तानी गर्दै कर्जा मिनाहा गरेको छ। सर्लाही जिल्ला हरिवन नगरपालिका–४, पटौना टोलस्थित केन्द्र नं. ३० की सदस्य लिली माया मिरिचिङ्गका श्रीमान् कृष्ण बहादुर कार्कीको निधन भएपछि संस्थाले कर्जा बीमा सुविधा अन्तर्गत राहत उपलब्ध गराएको हो।

संस्थाबाट उक्त सदस्यले लिएको रु. ३ लाख ७५ हजार बराबरको कर्जाको साँवा तथा ब्याज मृतकको निधन पश्चात संस्थाको नियमअनुसार पूर्ण रूपमा मिनाहा गरिएको शाखा कार्यालयले जनाएको छ। साथै, कर्जा बीमाअन्तर्गत प्रदान गरिने रु. २५ हजार क्रियाखर्च समेत जोडेर एकमुष्ट रकम भुक्तानी गरिएको शाखा प्रबन्धक अर्चना भट्टराईले जानकारी दिइन्।

शाखा प्रबन्धक भट्टराईका अनुसार संस्थाले आफ्ना सदस्यहरूको हित संरक्षण तथा आपतकालीन अवस्थामा आर्थिक सहयोग पुर्‍याउने उद्देश्यसहित बीमा तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रममा स्थानीय भद्रभलादमी, केन्द्रका सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया