यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कम्पनीले विगतका वर्षहरूमा पनि वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको जनाएको छ । काठमाडौंस्थित कम्पनीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ५३ पिन्ट रगत संकलन गरिएको कम्पनीका सहायक महाप्रबन्धक तथा बजार विभाग प्रमुख डोरिन्द्र राज दहालले जानकारी दिए ।

कम्पनीका अनुसार रक्तदान कार्यक्रममार्फत सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्य राखिएको छ ।

तपाईको प्रतिक्रिया