अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी ले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ। जेठ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी 
असार ८ गते काठमाडौँको त्रिपुरेश्वरस्थित कम्पनी कार्यालयमा बिहान ८ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो।

सभामा कम्पनीको आईपीओ निष्कासन सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमनकारी निकायबाट आवश्यक निर्देशन प्राप्त भएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नगद लाभांशसम्बन्धी प्रस्तावसमेत सभामा पेश गरी पारित गरिने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया