मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेर पानी अत्यधिक धमिलो भएपछि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार धमिलो पानीका कारण सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधन प्रक्रिया जटिल बनेपछि आपूर्ति रोकिएको हो । गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति गरिने जनाइएको छ । लगातार वर्षा भएमा काठमाडौंमा पानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने केयुकेएलले जनाएको छ।

तपाईको प्रतिक्रिया