नेपाल राष्ट्र बैंकले छठ पर्वको सार्वजनिक बिदाका दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ ।
केन्द्रीय बैंकले सूचना जारी गर्दै कात्तिक ३० गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटिजीएस सेवा उपलब्ध हुने जनाएको छ ।
सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिए पनि भुक्तानी प्रणालीलाई नियमित राख्न राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसबाट सार्वजनिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्थाबीचको भुक्तानी कारोबार सहज हुने अपेक्षा गरिएको छ ।

Online Arthik










