सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको १४ करोड ९६ लाख रुपैयाँको तुलनामा ०.४० प्रतिशतले बढी हो ।
कम्पनीको कुल बीमाशुल्क आर्जन २३.२७ प्रतिशतले बढेर २ अर्ब २७ करोड ६० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद बीमाशुल्क आर्जन पनि २३.१२ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म कम्पनीको चुक्तापुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा २१ करोड ३५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

Online Arthik










