बाजेको सेकुवाले आफ्नो जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ । यससम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले आगामी साउन १ गते काठमाडौंको बत्तिसपुतलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारण सभा बोलाएको छ । सभामा प्रिमियम मूल्यमा संस्थापक समूहको साधारण सेयर जारी गर्ने, आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्ने, बिक्री प्रबन्धक नियुक्त गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोगबारे निर्णय गर्ने तथा आवश्यक संशोधनसहित सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावमाथि छलफल गरिनेछ।

तपाईको प्रतिक्रिया