नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्रलाई स्पष्ट र व्यवस्थित बनाउन वर्गीकरण गर्ने तयारी थालेको छ। यसका लागि केन्द्रीय बैंकले हाल पूर्वाधार बैंक, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था तथा विभिन्न पेन्सन फन्डको कार्यक्षेत्रबारे अध्ययन गरिरहेको छ।
विभिन्न वित्तीय संस्थाले गर्ने कार्यमा समानता देखिन थालेपछि तिनको प्रकृति र उद्देश्यअनुसार छुट्टाछुट्टै कार्यक्षेत्र निर्धारण गर्न अध्ययन सुरु गरिएको राष्ट्र बैंकले जनाएको छ। अध्ययनको निष्कर्षका आधारमा प्रत्येक संस्थाको भूमिकालाई थप स्पष्ट बनाउने तयारी गरिएको छ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पनि यस अध्ययनलाई सम्पन्न गरी सोहीअनुसार बैंक तथा वित्तीय संस्था र गैरबैंक वित्तीय संस्थाका लागि लक्षित कार्यक्षेत्रमा सेवा विस्तार गर्न प्रोत्साहन गर्ने नियामकीय व्यवस्था क्रमशः लागू गरिने उल्लेख गरिएको छ।

Online Arthik










