सान्भि इनर्जी लिमिटेडले इलाममा सञ्चालित ५.२ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु भएको जनाएको छ।

कोशी प्रदेशमा २०८२ साल असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण आयोजनाका विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको थियो।

कम्पनीका अनुसार प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा आवश्यक पुनःस्थापना कार्य सम्पन्न भएपछि आयोजना पुनः सञ्चालनमा आएको हो। आयोजना सञ्चालनमा आएसँगै विद्युत उत्पादन नियमित रूपमा सुरु भएको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया