सरकारले अस्थायी र करारका कर्मचारीलाई हटाएर आउटसोर्सिङमार्फत काम गराउने नीति अघि बढाएपछि त्यसको विरोधमा कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका छन्।

वर्षौंदेखि अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूले आफ्नो सेवा निरन्तरताको माग गर्दै सबै मन्त्रालयका कर्मचारी एकजुट भएर आन्दोलन गरेका हुन्। उनीहरूले अर्थ मन्त्रालयको मूल ढोकामा भेला भई प्रदर्शन तथा नाराबाजी गरेका छन्।

सरकारले खर्च कटौती गर्ने नीतिअनुसार अस्थायी र करारका कर्मचारी हटाउने तयारी गरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

तपाईको प्रतिक्रिया