कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता (FSB) अन्तर्गतको बीमा सुविधाअनुसार लाभग्राहीलाई १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

बैंकका अनुसार श्रीमती बना देवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधनपछि आवश्यक बीमा दाबी प्रक्रिया पूरा भएपछि उक्त रकम हस्तान्तरण गरिएको हो। बैंकले यस आर्थिक सहयोगले शोकमा रहेका परिवारलाई कठिन परिस्थितिमा राहत पुग्ने विश्वास व्यक्त गरेको छ।ग्राहकको वित्तीय सुरक्षा र परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै कुमारी बैंकले विभिन्न बचत योजनासँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत प्रदान गर्नुका साथै भविष्यको आर्थिक सुरक्षामा समेत सहयोग पुग्ने बैंकको अपेक्षा छ। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म बैंकिङ तथा बीमा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता योजनाले आर्थिक समावेशीकरणलाई थप मजबुत बनाउने बैंकको विश्वास छ। आवश्यक परेको समयमा ग्राहक तथा उनीहरूको परिवारलाई वित्तीय सहयोग उपलब्ध गराउने उद्देश्यले यस्ता सेवा सञ्चालन गरिएको बैंकले जनाएको छ।

विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ सेवा केन्द्र मार्फत लाखौँ ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले शहरी, अर्धशहरी र ग्रामीण क्षेत्रसम्म सुरक्षित, सहज तथा गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै ग्राहकको वित्तीय सुरक्षाका लागि विभिन्न निक्षेप, बीमा तथा बैंकिङ सेवाहरू सञ्चालन गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया