माछापुच्छ्रे क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई करसहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशतका दरले कुल २ करोड ४३ हजार ७६५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्ताव अनुमोदनका लागि कम्पनीले भदौ २४ गते दिउँसो साढे १२ बजे काठमाडौंको बालुवाटारस्थित बालुवाटार प्यालेस बैंक्वेटमा सातौं वार्षिक साधारण सभा बोलाएको छ। सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षण समितिको सिफारिसअनुसार लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया