सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम सम्पन्न भएको छ।
भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजित कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका ADM, उत्कृष्ट अभिकर्ता, MDRT Achievers, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धकहरू सनत सत्याल, मुरारी प्रसाद तिवारी र आलोक खड्काको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य क्षेत्रीय प्रबन्धक आलोक खड्काले गरेका थिए।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। साथै, MDRT हासिल गर्न सफल अभिकर्ताहरूलाई समेत विशेष सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बजार अधिकृत गणेश चौलागाईंले बागमती प्रदेशका अभिकर्ताहरूले उत्कृष्ट कार्यसम्पादन गर्दै कम्पनीको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न अभिकर्ताहरूलाई शुभकामना दिँदै कम्पनीले अभिकर्तामुखी कार्यक्रम, योजना तथा प्रोत्साहनमूलक स्किम सञ्चालन गर्दै आएको र आगामी दिनमा सेवा–सुविधा तथा व्यवसायिक विकासमा थप ध्यान दिने बताए।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले छुट्टै पहिचान तथा व्यवसायिक छवि निर्माण गर्न सफल हुनुमा कम्पनीका सम्पूर्ण अभिकर्ता तथा एजेन्सी सञ्जालको मेहनत, लगनशीलता र योगदान महत्वपूर्ण रहेको बताए। उनले अभिकर्ताहरूलाई थप सशक्त, सक्षम र व्यावसायिक बनाउँदै कम्पनीको यात्रालाई अझ मजबुत रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
उनले बागमती प्रदेश जीवन बीमा व्यवसाय विस्तारका दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै अभिकर्ताहरूको सक्रियता र नेतृत्व क्षमताले कम्पनीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
कम्पनीका अनुसार कार्यक्रमले अभिकर्ताहरूबीच आपसी सम्बन्ध, नेतृत्व विकास, उत्प्रेरणा तथा व्यवसायिक क्षमता अभिवृद्धिमा सकारात्मक योगदान पुर्याएको छ। सन नेपाल लाइफले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउँदै बीमाको पहुँच विस्तार, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।

Online Arthik










