विद्युतीय सवारी ब्रान्ड नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ ‘नामी बक्स’ सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार नयाँ मोडललाई थप परिष्कृत डिजाइन, नयाँ सुविधा तथा आधुनिक प्रविधिसहित नेपाली बजारमा ल्याउन लागिएको हो। गाडीका सम्पूर्ण फिचर्स, स्पेसिफिकेसन र मूल्य नाडा अटो शोमै सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
नामी बक्स पहिलोपटक सन् २०२४ मा नेपालमा सार्वजनिक भएको थियो। आकर्षक डिजाइन, जीवन्त रङ, लामो रेन्ज, फराकिलो केबिन तथा आधुनिक सुविधाका कारण छोटो समयमै नेपाली उपभोक्तामाझ लोकप्रिय बनेको कम्पनीको दाबी छ। हाल नेपालका सडकमा २ हजारभन्दा बढी नामीका विद्युतीय सवारी सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।
यसअघि नामी भिगो ई२ सार्वजनिक गरिसकेको कम्पनीले अब नयाँ नामी बक्समार्फत आफ्नो विद्युतीय सवारीको लाइनअप विस्तार गर्न लागेको हो। नयाँ मोडलले नेपाली उपभोक्तालाई थप आकर्षक, आधुनिक तथा सुविधासम्पन्न विद्युतीय सवारीको विकल्प उपलब्ध गराउने कम्पनीको अपेक्षा छ। नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स कम्पनीको मुख्य आकर्षणमध्ये एक रहने बताइएको छ।

Online Arthik










