नेपाल राष्ट्र बैंकले आज असोज २ गतेदेखि ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। साविककै आकार र रङमा ल्याइएको नयाँ नोटमा ‘वि.सं. २०८२’ सिरिज उल्लेख गरिएको छ भने गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
नयाँ नोटमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप तथा ५० अंकको पानीछाप राखिएको छ। त्यस्तै, नोटमा १.२ मिलिमिटर चौडा सुरक्षण धागो राखिएको छ, जसलाई प्रकाशतर्फ हेर्दा ‘एनआरबी’ अक्षर देखिनेछ। नोटको सङ्केत नम्बर ट२४ ०००००१ देखि ण७० ९९९९९९ सम्म रहने राष्ट्र बैंकले जनाएको छ।

Online Arthik










