प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठकमा पछिल्लो समय देखिएका विभिन्न समसामयिक विषयका साथै सरकारका नियमित कामकारबाही र कार्यसूचीमाथि छलफल हुने बताइएको छ।

बैठकमा मन्त्रालय तथा सरकारी निकायसँग सम्बन्धित नियमित प्रस्तावहरू, प्रशासनिक विषय र आवश्यक निर्णयका लागि पेस भएका एजेन्डामाथि समेत छलफल हुन सक्ने जनाइएको छ। बैठकले सरकारको नियमित कामलाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया