सन् २०२६ को सेप्टेम्बरमा हवाई मार्ग हुँदै ८८ हजार २४८ जना विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अघिल्लो वर्षको तुलनामा एसियाली मुलुकबाट आउने पर्यटकको संख्या उल्लेख्य बढेको छ।
सबैभन्दा धेरै पर्यटक सार्क मुलुकबाट ३० हजार ८५ जना आएका छन्। यसमध्ये भारतबाट मात्रै १७ हजार ४२५ जना आएका छन्। सार्कबाहेकका अन्य एसियाली मुलुकबाट १९ हजार ८८८ जना पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५७.९७ प्रतिशत बढी हो। चीनबाट मात्रै ११ हजार २१२ जना आएका छन्।
युरोपबाट १५ हजार १४८ जना पर्यटक आएका छन् भने अमेरिकी महादेशबाट १० हजार १०७, ओसिएनियाबाट ५ हजार ४२२, मध्यपूर्वबाट २ हजार ६०६ र अफ्रिकाबाट ४२४ जना पर्यटक नेपाल आएका छन्। बाँकी ४ हजार ५६८ जना अन्य विभिन्न मुलुकका पर्यटक रहेका छन्।

Online Arthik










