ज्योति विकास बैंकले बैंकिङ सेवा प्रयोजनका लागि १५ हजार थान खाली भिसा डेबिट कार्ड खरिद गर्ने भएको छ। बैंकले योग्य नेपाली फर्म तथा कम्पनीबाट कार्ड आपूर्तिका लागि बोलपत्र आह्वान गरेको हो।
इच्छुक कम्पनीले आगामी अक्टोबर ९ अर्थात् असोज २३ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्रमा सहभागी कम्पनी कम्तीमा तीन वर्षदेखि दर्ता भएको, प्रस्तावित उत्पादनको अधिकृत वितरक तथा बैंक, संस्थागत क्षेत्र वा सरकारी निकायमा कम्तीमा तीनवटा समान प्रकृतिका आपूर्ति गरेको अनुभव भएको हुनुपर्नेछ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ वा २०८२/८३ मध्ये कुनै एक वर्षमा कम्पनीको वार्षिक कारोबार कम्तीमा ५० लाख रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ। बोलपत्रसँग आवश्यक कम्पनी तथा करसम्बन्धी कागजातसहित उत्पादकको आधिकारिक पत्र र परीक्षणका लागि कम्तीमा पाँच थान खाली कार्डको नमुना पनि बुझाउनुपर्नेछ।

Online Arthik










