नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दिएका नेताहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले पदाधिकारीसहित विभिन्न पदका उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो।
कांग्रेस विधानअनुसार निर्वाचित हुने १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ। सभापति पदमा वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ भने महिला उपसभापतिमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ। दुवै हाल पार्टीका उपसभापति हुन्।
प्रथम नामावलीउपर दाबी–विरोध भए आज बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने निर्वाचन समितिले जनाएको छ।

Online Arthik










