दशैं-तिहार नजिकिँदै गर्दा राजधानी काठमाडौंमा रहेका सर्वसाधारण घर फर्किने क्रममा छन् । सडक मार्गमा यात्रुको चाप बढ्नुका साथै कतिपय रुटमा सडक अवरुद्ध हुने जोखिमसमेत रहने भएकाले लामो दूरीका यात्रुका लागि हवाई यात्रा उत्तम विकल्प बन्ने गरेको छ ।

यात्रुको चाप बढ्ने यही समयमा हवाई टिकटको मागसमेत बढ्छ । माग बढेसँगै एउटै गन्तव्यका लागि उपलब्ध टिकटको भाडा फरक-फरक हुने र सस्तो ‘फेयर क्लास’का टिकट सकिएपछि महँगो टिकट मात्र उपलब्ध हुने हुँदा कम्पनीहरूले त्यही अधिकतम टिकट बेच्ने गरेका छन् । सामान्य समयमा तुलनात्मक रूपमा कम मूल्यमा पाइने टिकट दशैंको मुख्य समयमा महँगो पर्न जाँदा यात्रुको यात्रा खर्चसमेत बढ्ने गरेको छ ।अघिल्ला दशैंमा यात्रुले महँगो भाडा तिर्नुपर्ने अवस्था देखिए पनि यसपटक भने केही राहत पाएका छन् । यसपटक एयरलाइन्स कम्पनीहरूले अधिकतम भाडादरमा मात्रै टिकट बिक्री गर्ने वा तोकिएको सीमाभन्दा बढी भाडा लिने प्रवृत्तिको साटोमा न्यूनतम भाडादरलाई पनि प्राथामिकता दिएको देखिएको छ ।तर, यात्रु चापको कारणसस्तो फेयरका टिकट सकिँदै गएको र पछि टिकट बुकिङ गर्नेहरूले भने अधिकतम टिकट नै लिनुपर्ने बाध्यता भने यसपटक पनि दोहोरिएको छ ।

एयरलाइन्सका कर्मचारीका अनुसार केही गन्तव्यबाहेक अधिकांश रुटका टिकट लगभग भरिइसकेका छन् । विशेषगरी बुद्ध एयरलाइन्सका अधिकांश गन्तव्यका टिकट अग्रिम बुकिङ भइसकेका छन् ।

 

तपाईको प्रतिक्रिया