सामसङ नेपालले ग्यालेक्सी ए सिरिजअन्तर्गत नयाँ ग्यालेक्सी ए०८ एलटीई नेपाली बजारमा सार्वजनिक गरेको छ। किफायती मूल्यमा एआई सुविधा, भरपर्दो कार्यक्षमता, सुरक्षा र लामो समयसम्म प्रयोग गर्न चाहने युवालाई लक्षित गरी फोन ल्याइएको कम्पनीले जनाएको छ। फोनमा ६.७ इन्चको डिस्प्ले, ८ मिलिमिटर पातलो डिजाइन र ६ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ भने गाढा नीलो, चाँदी र हरियो रङमा उपलब्ध हुनेछ। यसमा आईपी६४ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमता तथा ६ पुस्तासम्मको अपरेटिङ सिस्टम र ६ वर्षसम्मको सुरक्षा अपडेट उपलब्ध गराउने कम्पनीले जनाएको छ। ग्यालेक्सी ए०८ एलटीईको ४ जीबी र्‍याम/६४ जीबी स्टोरेज संस्करणको मूल्य ३४ हजार ४९९ रुपैयाँ, ४ जीबी/१२८ जीबी संस्करणको ४० हजार ९९९ रुपैयाँ र ६ जीबी/१२८ जीबी संस्करणको ४७ हजार ४९९ रुपैयाँ तोकिएको छ। कम्पनीले १२ महिनाको किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ, जसअनुसार मासिक किस्ता क्रमशः १ हजार ७२५, २ हजार ५० र २ हजार ३७५ रुपैयाँ पर्नेछ।

तपाईको प्रतिक्रिया