नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यद्यपि, दशैंअघिको तुलनामा सुनको मूल्य अझै सस्तो छ। गत सोमबार दशैंअघि सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ रहेको थियो। यसअनुसार दशैंपछि सुनको मूल्य प्रतितोला ८ हजार ७ सय रुपैयाँले घटेको छ।
यस्तै, चाँदीको मूल्य पनि सोमबार तोलामा ४० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर सोमबार ३ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Online Arthik









