सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ९१ दिन र १८२ दिन अवधिका ट्रेजरी बिल जारी तथा नवीकरण गर्न लागेको हो।
कार्यालयका अनुसार ९१ दिन अवधिका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिनेछ भने १८२ दिन अवधिका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरिनेछ। ९१ दिन अवधिको ट्रेजरी बिल आगामी माघ १२ गते र १८२ दिन अवधिको ट्रेजरी बिल २०८४ वैशाख १४ गते परिपक्व हुनेछ। ट्रेजरी बिल खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले कात्तिक ९ गते दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्। प्राप्त आवेदनका आधारमा मंगलबार ट्रेजरी बिलको बाँडफाँट गरिने कार्यालयले जनाएको छ। कार्यालयले यसअघि असोज २६ गते ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरेको थियो।

Online Arthik









