मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी ७६ करोड रुपैयाँ रहेको छ । प्रस्तावअनुसार कम्पनीले ९ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ५२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावित लाभांश विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया