आईसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको ३७९औँ बैठकले श्रेष्ठलाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति कात्तिक २० गतेदेखि लागू भएको छ।

यसअघि कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारीमा रहेका श्रेष्ठसँग बैंकिङ क्षेत्रमा २६ वर्षभन्दा बढीको अनुभव छ। उनले नेपाल एसबीआई बैंक लिमिटेडमा समेत ६ वर्ष काम गरेका थिए। श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) र दिल्ली विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पूरा गरेका छन्। उनले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड (एफएमडीबीएल) को सञ्चालकका रूपमा समेत काम गरिसकेका छन्।

संस्थागत सुशासन, संस्थागत सञ्चालन, कर्जा व्यवस्थापन तथा संस्थागत व्यवस्थापनमा अनुभव हासिल गरेका श्रेष्ठको नियुक्तिले कम्पनीको नेतृत्वलाई निरन्तरता दिएको छ।

तपाईको प्रतिक्रिया