नेपाल बीमा संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । संघका अध्यक्षसहित सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको प्रतिनिधिमण्डलले आज नवनियुक्त अध्यक्षसँग शिष्टाचार भेटघाट गरेको हो । भेटका क्रममा नेपालको बीमा क्षेत्रको विकास, विस्तार तथा सुदृढीकरण, बीमा सेवाको पहुँच वृद्धि, बीमितको हित संरक्षण र क्षेत्रलाई थप पारदर्शी तथा विश्वसनीय बनाउने विषयमा छलफल भएको संघले जनाएको छ । साथै, बीमा क्षेत्रको समग्र विकासका लागि प्राधिकरण र बीमा कम्पनीबीच आपसी समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको थियो । संघले नवनियुक्त अध्यक्षको नेतृत्वमा नेपालको बीमा क्षेत्रले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया