नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई दूरसञ्चार सेवा दस्तुरसम्बन्धी विवरण १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ।
प्राधिकरणले गत आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्षको असोज मसान्तसम्मको आय, सरकारलाई बुझाएको दूरसञ्चार सेवा दस्तुर तथा त्यससँग सम्बन्धित कागजात माग गरेको हो।
निर्देशनअनुसार सेवा प्रदायकहरूले इन्टरनेट बिक्री, मर्मतसम्भार, उपकरण बिक्री तथा अन्य स्रोतबाट प्राप्त आम्दानीको छुट्टाछुट्टै विवरण पेस गर्नुपर्नेछ। त्यस्तै, कुल आय, दाखिला गरिएको दस्तुर, भुक्तानी मिति र ढिलाइबापत बुझाइएको ब्याजको विवरणसमेत खुलाउनुपर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले प्रत्येक महिनाको विवरण छुट्टाछुट्टै तयार गरी तोकिएको ढाँचामा पेस गर्न निर्देशन दिएको छ। साथै, दस्तुर तथा ब्याज दाखिला गरेको पुष्टि हुने आवश्यक कागजातसमेत विवरणसँगै बुझाउनुपर्नेछ।

Online Arthik










