सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले कर प्रयोजनका लागि थप ०.२६३ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २३ गते १९औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्तावसमेत सभामा पेस गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १० गते शेयर दाखिला किताब बन्द गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Online Arthik










