कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसा इन्टरनेसनलबाट दुई विधामा उत्कृष्टताको अवार्ड प्राप्त गरेको छ। भिसाद्वारा आयोजित ‘VISA Leadership Conclave Nepal 2026’ मा बैंकलाई सीमापार कारोबार र उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरिएको हो।
बैंकले ‘Excellence in Cross-Border Business’ र ‘Excellence in Consumer Credit Cards Business Principal Client’ विधामा अवार्ड प्राप्त गरेको हो। बैंकका अनुसार यी विधामा लगातार तीन वर्षदेखि सम्मान प्राप्त गर्दै आएको छ। अन्तर्राष्ट्रिय भुक्तानी सेवा, सीमापार कारोबारको विस्तार तथा ग्राहकमैत्री कार्ड सेवामा हासिल गरेको उपलब्धिको कदरस्वरूप अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ। डिजिटल भुक्तानी प्रणालीको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै बैंकले सुरक्षित, सहज र प्रविधिमैत्री भुक्तानी सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएको छ।
२५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ। बैंकले आगामी दिनमा डिजिटल बैंकिङ तथा विद्युतीय भुक्तानी सेवालाई थप विस्तार गर्दै आधुनिक र सुरक्षित बैंकिङ समाधान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।


Online Arthik










