हालै आईपीओ निष्कासन गरी बाँडफाँड गरेको ज्योति लाइफ इन्स्योरेन्सको सेयर भोलि बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। यो कम्पनीको धितोपत्र आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कुनै पनि कम्पनी धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ। सोहीअनुसार यो कम्पनीको सेयर पनि भोलिबाट कारोबारमा आउने भएको हो।
जेएलआई संकेतबाट कारोबार हुने यो कम्पनीको १ करोड ५४ लाख कित्ता संस्थापक सेयरसहित कुल २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। यो कम्पनीको सुरुवाती कारोबारका लागि नेप्सेले रु. १२०.२९ देखि रु. ३६०.८७ सम्मको रेञ्ज तोकेको छ।
भोलि स्पेसल प्रिसेसन (बिहान १०ः३०–१०ः४५ बजे) मा यदि यो कम्पनीको सेयर नेप्सेले तोकेको ओपनिङ रेन्जभित्र किनबेच भएमा नियमित (बिहान ११ बजेदेखि दिउँसो ३ बजे) मा कारोबार खुल्नेछ।

Online Arthik










