नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको र एनआईबीएल म्युचुअल फण्डको कोष व्थवस्थापक र डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटलले सपिङ्ग मल तथा रेष्टुरेन्टहरुमा सामूहिक लगानी कोष सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु संचालन गरेको छ ।

क्यापिटलले के.फ.सी., पिजा हट र क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन सन्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल प्रा.लि का दरबारमार्ग, थापाथली (ब्लुबर्ड मल), लाबिम मल ,ठिमि, बौद्द, महाराजगंज र पोखरा शाखाका कर्मचारीहरुलाई सामूहिक लगानी कोष सम्बन्धी विशेष सचेतनामुलक कार्यक्रम र तालिम सचांलन गरेको छ ।

सामूहिक लगानी कोष नियमावली २०६७ को कार्यान्वयन पश्चात नेपालकै पहिलो खुलामुखी योजना तथा अन्य दुृृृृई बन्दमुखी योजना संचालन गरिरहेको यस क्यापिटल द्वारा सञ्चालित सो विशेष कार्यक्रम मार्फत उक्त कम्पनिका कर्मचारीहरुले सामूहिक लगानी कोष सम्बन्धि विस्तृत जानकारी पाउनुका साथै पूंजीबजार संग सम्बन्धित अन्य विषयको समेत जानकारी प्राप्त गरेका छन् ।
यसका साथै एनआईबिएल एस क्यापिटलले आगामि दिनहरुमा पनि यस्ता जनचेतनामुलक कार्यक्रमका साथै विभिन्न तालिमहरु संचालन गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।

Online Arthik










