नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावरलाई सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई बैशाख २ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।
त्यस अनुसार कम्पनी सर्वसाधारणलाई २५ लाख १८ हजार २३० कित्ता अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ।

Online Arthik










