नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई म्युचुअल फण्डहरुको इकाईमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य समायोजन भएको हो। यी दुई फण्डहरुले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले इकाईमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले एनआईसी एशिया ब्यालेन्स्ड फण्डको ३० प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात फण्डको इकाईमूल्य ११ रुपैयाँ २७ पैसा कायम भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया ग्रोथ फण्डको पनि ३० प्रतिशत नगद लाभांश समायोजन भएको हो। समायोजपश्चात फण्डको इकाईमूल्य १२ रुपैयाँ २२ प्रसा तोकिएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै फण्डको इकाईमूल्य समायोजन गरेको हो। गत बिहीबार एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाई १४ रुपैयाँ २७ पैसा र एनआईसी एशिया ग्रोथ फण्डको इकाई १५ रुपैयाँ २२ पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आज यी दुबै फण्डको कारोबार खुल्नेछ।

Online Arthik










