ग्लोबल आइएमई बैंक लिमिटेडको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते अन्तिम मौका रहेको छ। बैंक सञ्चालक समितिको गत मंसिर २ गते बसेको बैठकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि मंसिर १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
बैंक सञ्चालक समितिले गत आर्थिक वर्षका लागि कुल १३.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर ३.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश बैंकको यही मंसिर २७ गते काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने १५ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

Online Arthik










