सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको गत मंसिर २२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको पुतलीसडकस्थित सेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौथो तेलामा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत गरिने वार्षिक प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु सभाले छलफल गरी अनुमोदन गर्नेछ।

Online Arthik










