बीमा समितिले एसियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको छ। बीमा समितिले आइतबार कम्पनीलाई पत्र पठाउँदै प्रस्तावित लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो।
एसियन लाइफ उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७२७.४० रुपैयाँको कुल २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २५ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
बीमा समितिको स्वीकृतिसँगै अब कम्पनीले आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्नेछ।

Online Arthik










