नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त बैंकको सूचीबाट हटाएको छ।
करिब ६ वर्ष अघि समस्याग्रस्त बैंकको सूचीमा परेको नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले समस्याग्रस्त बैंकबाट फुकुवा गरेको हो। 
नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले २०७० चैत २७ गते निक्षेप स्वीकार गर्ने, कर्जा लगानी गर्ने, जमानत प्रदान गर्ने लगायतको कारोबार गर्न नपाउने गरी समस्याग्रस्त घोषणा गरेको थियो।

Online Arthik










