दुई म्युचुअल फण्डले घोषणा गरे लाभांश घोषणा गरेका छन् । घोषणा गर्नेहरुमा एनआईसी एशिया क्यापिटल मार्फत संचालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्ड रहेका छन् । उक्त दुई फण्डहरुले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छन्।

कम्पनी संचालक समितिको श्रावण २६ मा सम्पन्न बैठकले आर्थिक वर्ष २०७६÷०७७ का लागि एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई १२ प्रतिशत र दोश्रो योजना एनआईसी एशिया ब्यालेन्स फण्डका इकाईधनीहरुलाई ८ प्रतिशतका दरले लाभांश वितरण गर्ने जनाएको छ ।

उक्त लाभांशदर कर सहित रहेको जनाएको छ ।

एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीलाई १० करोड २ लाख २४ हजार रुपैयाँ तथा एनआईसी एशिया ब्यालेन्स फण्डका इकाईधनीहरुलाई ६ करोड ४ लाख नगद लाभांश वितरण गर्नेछ ।

एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पति मुल्य ११.७८ रुपैयाँ तथा एनआईसी एशिया ब्यालेन्स फण्डको खुद सम्पति मुल्य ११.०८ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया