एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा इन्स्योरेन्सको खुद नाफा बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले २० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ६७ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क भने घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ८१ करोड ९३ लाख रुपैयाँ रहेको यस इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ५९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। खुद बीमाशुल्क घटेपनि अन्य आय बढेका कारण इन्स्योरेन्सको नाफा बढेको हो।

हकप्रद पूँजीकरणपश्चात इन्स्योरेन्सको वार्षिक १९ रुपैयाँ ६२ पैसा कायम हुन आउँछ। यस अनुसार इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३३.४८ गुणा हुन आउँछ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २७ रुपैयाँ २२ पैसा रहेको थियो।

तपाईको प्रतिक्रिया