कुमारी क्यापिटलले भदौ २४ गते दोस्रो वार्षिक साधारण सभा डाकेको छ । सभामा यसले हाल कायम चुक्ता पुँजीको ४% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्दैछ । गत वर्षको नाफाबाट यो नगद वितरण गर्न लागिएको हो । नगद लाभांश वितरणमा कुमारी क्यापिटलले ८० लाख रुपैयाँ खर्च गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक पनि तोक्नेछ । सभा कुमारी बैंक टंगाल, काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया