नेपाल स्टक एक्सचेञ्ज परिसूचक बुधबार पनि बढेको छ । आज नेप्से २१ दशमलव १० अंकले बढेर १ हजार ४६२ दशमलव ०४ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज दुई अर्ब ६५ करोड ६१ लाख बढीको कारोबार भएको छ । अनलाईन कारोबार शुरु भए यताको यो कारोबार सर्वाधिक उच्च कारोबार हो ।

यो साता बजारले सकारात्मक लय समातेको छ । आजको कारोबारमा पुर्नबीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। जसको ३४ करोड ९२ लाख रुपैयाँ बराबरीको कारोबार भएको छ ।
आजबाट मात्र कारोबार भएको नेपाल र्ईन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको शेयर मुल्यमा सकारात्क सर्किट लागेको छ ।

तपाईको प्रतिक्रिया