आरएमडिसी लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लघुवित्तको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने १३ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस र करसहित ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख रुपैयाँ बराबरको नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

तपाईको प्रतिक्रिया