आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । आरम्भ चौतारी लघुवित्त, सीवाईसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आपसमा गाभिने सम्बन्धमा सम्झौता भएसंगै शेयर कारोबार समेत रोक्का भएको छ ।

गत शुक्रबार आरम्भले सीवाईसी र शालिग्राम लघुवित्तसँग आपसमा गाभिने सम्झौता गरेको हो। आरम्भ चौतारी नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी हो। आरम्भ चौतारीसँग गाभिने सम्झौता गरेका सीवाईसी र शालिग्राम लघुवित्त भने नेप्सेमा सूचीकृत छैनन्।

आरम्भ चौतारीको १०० कित्ताबराबर सीवाईसीको १०० कित्ता र शालिग्रामको ८५ कित्ता सेयर स्वाप रेसियोमा गाभिने सम्झौता भएको छ।

यसैबीच नेप्सेले मर्जरमा जाने सम्झौता गरेको आरम्भ चौतारी लघुवित्तको सेयर कारोबार आइतबारदेखि रोक्का गरेको छ।

तपाईको प्रतिक्रिया