भनिन्छ, हुने बिरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात । गीत संगितको क्षेत्रमा आफुलाई अब्बल बनाउदै गईरहेका एक नाम हो निसान सापकोटा । उ जन्मेको उस्को देशमा बोलको राष्ट्रिय गित गाएर संगित क्षेत्रमा प्रवेश गरेका उनले भरखरै ‘फेरि भेट नहोला’ नामको कभर गित सार्बजनिक गरेका छन् । उनले अहिले सम्म ५ वटा गीत र कभर गाइसकेका छन ।

पूर्वी नेपालको कन्याम, ईलामका निसान सापकोटाले आजसम्म आफैले रचना गरेका ५ वटा र ४ वटामा आफैले संगित भरेका गित समेत बजारमा आईसकेको छ । २० बर्षिय सापकोटा आधुनिक क्लासिकल गितमा रुचि राखेपनि अहिले कभर गित बढि गाउने गरेका छन् । उनको २ वटा कभर गीत रहेको छ । जसमध्ये कालिप्रसाद बास्कोटाको इन्स्टाको फोटो र रिकेश गुरुङको फेरि भेट नहोला गितको कभर गाएका हुन । पछिल्लो समय संगितमा निकै रमाईरहेका सापकोटा गितमा नै बढि आफ्नो रुचि रहेको र आगामी दिनमा आफू गीत संगीतबाट नै आफुलाई नेपाल सामु चिनाउन लागि पर्ने समेत बताए ।

 

तपाईको प्रतिक्रिया