युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओ आगामी साता बाँडफाँड हुने भएको छ ।
युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलका सीइओ पारसमणि ढकालले प्रिअलटमेन्ट बिहीबार सम्पन्न भइसकेको र आगामी आइतबार वा सोमबार बाँडफाँड गरिने जानकारी दिएका हुन् ।
त्यस्तै माउन्टेन इनर्जी नेपाल लिमिटेडको आइपीओ बाँडफाँड आगामी बिहीबार मात्र हुने भएको छ ।
सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार माउन्टेन इनर्जी नेपाल लिमिटेडको हाल डाटा भेरिफाइ गर्ने काम भइरहेको छ ।
माउन्टेन इनर्जी नेपाल लिमिटेडको प्रिअलटमेन्ट आगामी सोमबार हुने नबिल इन्भेष्टमेन्ट बैंकिङका एक अधिकारीले जानकारी दिए ।
प्रिअलटमेन्ट सोमबार भएपछि त्यसको ३ दिनपछि बिहीबार माउन्टेन इनर्जी नेपाल लिमिटेडको आइपीओ बाँडफाँड कार्यक्रम तय भएको बताइएको हो ।

Online Arthik










