नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बम्पर लाभांश सुरक्षित गर्ने आज माघ १३ गते अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यो कम्पनीले भोलि माघ १४ गतेदेखि माघ २६ गतेसम्म बुक क्लोज गर्न निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले यही माघ २८ गते आफ्नो २० औँ वार्षिक साधारणसभा डाकेको छ। सभा वीरगन्जमा हुनेछ।
सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको कुल ५१ प्रतिशत लाभांश अनुमादन गर्नेछ। जसमा ३१ प्रतिशत बोनस सेयर र बाँकी २० प्रतिशत नगद लाभांश रहेको छ।
सभामा १ सेयरलाई २ सेयरमा खण्डीकरण गर्ने विशेष प्रस्ताव पनि अनुमोदन हुनेछ। यसको अर्थ प्रत्येक सेयरको फेस भ्यालू रु. ५० हुनेछ। तर यसलाई नियामक निकायले अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुने कम्पनीले जनाएको छ।

Online Arthik










