रुरु जलविद्युत परियोजनाले फागुन ७ गतेदेखि प्राथमिक शेयर जारी गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित गुल्मीका स्थानीय बासिन्दाका लागि ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गरेको हो ।

कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहलो चरणमा गुल्मीका स्थानीय बासिन्दाका लािग ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गरेको छ ।

उक्त शेयरमा फागुन ७ गतेदेखि छिटोमा २१ गतेसम्म र ढिलोमा चैत्र ८ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख किता सम्मका लागि आवेदन दिन पाउने व्यवस्था छ । स्थानीयहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको गुल्मीका विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन्। यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा तोकेको छ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड-३ रेटिङ प्रदान गरेको छ । कम्पनीले आईपीओले पाएको ग्रेड ३ रेटिङले कम्पनीको वित्तीय अवस्था अधारभुत पक्ष औषतमा राम्रो भएको देखाउँछ ।

तपाईको प्रतिक्रिया