ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आईपीओ विक्री गर्न फागुन ७ गते अनुमति दिएको हो । यो आईपीओ विक्री प्रबन्धकको कार्य एनएमबि क्यापिटलले गर्ने भएको छ ।

यस कम्पनीले जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब रुपैयाँको लागि ६६ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । हाल कम्पनीको संस्थापकतर्फबाट मात्र चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया