ज्योति लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ । आइपीओ ज्योति लाइफको आफ्नै कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर काठमाडौंमा शुक्रबार बाँडफाँट भएको हो । यसमा ५ लाख ९४ हजार जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका  छन् । आइपीओमा कुल १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएकामा ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको छ ।
यसमा कुल १७ लाख ९७ हजार ९३५ जना योग्य आवेदकलाई मात्र गोलाप्रथामा सहभागी गराइएको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
ज्योतिले फागुन २१ गते बाट २६ गतेसम्म १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया